वडाध्यक्ष अधिकारीको खातामा पोखरा महानगरको ५५ लाख, अझै भएन फिर्ता
पाेखरा | जेठ २६, २०८०
पोखरा: पोखरा महानगरपालिकाले कानून बर्खिलाप एक वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको पाइएको छ ।
अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न संयोजक बनेका पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत (एनआइसी एसिया बैंक) खातामा जग्गा खरिद गर्नका लागि रकम पठाएको बताइएको छ ।
वडाध्यक्ष अधिकारीको खातामा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने जग्गा खरिद गर्नका लागि गत पुस २५ गतेको महानगर कार्यपालिकाको बैठकले पेश्की स्वरुप ५५ लाख पठाउने निर्णय गरेको थियो ।
त्यसपश्चात राष्ट्रिय वाणिज्य बैंकमा रहेको महानगरको खाताबाट वडाध्यक्ष अधिकारीको एनआइसी एसिया बैंकको खातामा गत पुस २९ गते रकम पठाइएको थियो ।
रकम पठाएको ५ महिना बितिसक्दापनि जग्गा खरिदको प्रक्रिया अघि नबढ्दा महानगरले रकम फिर्ता गर्न पत्र काटेको छ ।
यद्यपी पत्र पाएको साढे एक महिना हुन लाग्दा पनि वडाध्यक्ष अधिकारीले रकम फिर्ता गरेका छैनन् । यो खबर सेतोपाटीमा युवराज श्रेष्ठले लेखेका छन् ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

